सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छः चेम्बर अध्यक्ष मल्ल

२ महिना अगाडि

काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिसम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू भएको २९औं क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।

विश्वमा सूचना प्रविधिको विकासले तीव्र फड्को मारिरहेका बेला नेपालले पनि यसबाट फाईदा लिनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । ‘नेपालले अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा काग गर्न सक्छ । हाम्रा थुप्रै युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ,’ उनले भने ।सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय ठूला कम्पनीको व्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने अध्यक्ष मल्लले बताए । अन्तर्राष्ट्रिय आईटी कम्पनीका लागि सपोर्ट एवम् विभिन्न एप्सहरु बिक्रीमाफर्त नेपालले गत वर्ष झण्डै ६८ अर्ब रुपैयाँ आम्दानी गरेको स्मरण पनि अध्यक्ष मल्ले गराए ।

मुलुकको आर्थिक समृद्धिका लागि अवको प्राथमिकता आईटी क्षेत्र र सोही अनुसारको नीति हुनुपर्ने उनले बताए । डिजिटल अर्थतन्त्रमार्फत आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिँदै उनले सूचना तथा सञ्चार एवम् प्रविधिका नयाँ–नयाँ साधनहरुलाई आम जनताको पहुँचमा पुग्नेगरी गतिविधि विस्तार गर्नुपर्ने बताए ।डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लको भनाइ थियो ।


 

२ महिना अगाडि

प्रतिक्रिया