युनिलिभर नेपालद्धारा ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन

शुक्रबार, २६ माघ २०८०, ०८ : ४५

काठमाडौं-  युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा २३.९० प्रतिशतले थोरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १६.१९ प्रतिशतले घटेको छ । गत वर्ष २ अर्ब २० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले खर्च भने १ अर्ब ५८ करोड रुपैयाँबाट घटाएर १ अर्ब ४१ करोड रुपैयाँमा झारेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ३ अर्ब ७७ करोड रुपैयाँ जम्मा भएको छ ।

गत वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । गत वर्ष १९ सय ८७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार ७९ रुपैयाँ ९वार्षिक० पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि ३ हजार ७ सय २२ रुपैयाँबाट बढेर ४ हजार २ सय १४ रुपैयाँ कायम भएको छ ।

शुक्रबार, २६ माघ २०८०, ०८ : ४५

प्रतिक्रिया