हिमालयन रिइन्स्योरेन्स द्धारा लाभांश घोषणा

शुक्रबार, २६ माघ २०८०, १० : ३४

काठमाडौँ-  हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश र ०।२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् । 

शुक्रबार, २६ माघ २०८०, १० : ३४

प्रतिक्रिया