समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

शुक्रबार, २६ माघ २०८०, १४ : १९

काठमाडौँ -समृद्धि फाइनान्सले माघ २६ गते शुक्रबार अनामनगर स्थित सिटि मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीहरुबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रममा फाइनान्सका नायव प्र्मुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले उपस्थित ३१ जनाको समुहलाई बैङ्किग प्राणलीको आवश्यकता र महत्व प्रकाश पार्नुका साथै वचत गर्ने बानिको बिकास, महत्व, बैङ्किग प्राणलीबाट प्रदान हुने सुविधाहरु र बैङ्किग सेवा लिन प्रोत्साहन प्रदान गर्नुभएको थियो ।

सिटि मन्टेश्वरीकी पिन्सिपल पुस्पा रिजालले शिक्षक तथा कर्मचारीहरुबीच राखीएको सो कार्यक्रमले बैङ्किग चेतनाको विकाश गरेको भन्दै फाईनान्स परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 
 
  
 
 

शुक्रबार, २६ माघ २०८०, १४ : १९

प्रतिक्रिया