आज कुमारी बैंकको साधारण सभा बस्दै , के- के छन् एजेन्डामा ?

आइतबार, २८ माघ २०८०, ०७ : ५१


काठमाडौं : कुमारी बैंक लिमिटेडले माघ २८ गते आइतबार (आज) साधारण सभा बस्ने भएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

 बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।

आइतबार, २८ माघ २०८०, ०७ : ५१

प्रतिक्रिया