काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.६१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ८.२३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी ९.६३ प्रतिशत बढेको छ भने कुल खर्च ३.५६ प्रतिशत बढेको छ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ती कोषमा २१ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४४ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड ८ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया