आगामी बजेट निर्माण र रोजगारीमा केन्द्रित गर्छौ : अर्थमन्त्री महत

२ महिना अगाडि

काठमाडौं ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने जनाएका छन् ।

नुवाकोटको १ तारकेश्वर गाउँपालिकामा तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै अर्थमन्त्री तामाङलाई जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताएका छन् ।

“विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन”,अर्थमन्त्री महतले भने,“अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ।”

“चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ”, मन्त्री महतले भने। उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिएका छन् ।

२ महिना अगाडि

प्रतिक्रिया