महुली लघुवित्तले लाभांश नदिने

आइतबार, २८ माघ २०८०, ११ : १६

काठमाडौँ- महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको माघ २७ गते बसेको सञ्चाल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

उक्त बैठकले २०८० असार मसान्तसम्म कायम रहेको मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको छ । 

यसका साथै बैठकले आर्थिक वर्ष २०७९/२०८० को को असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।


 

आइतबार, २८ माघ २०८०, ११ : १६

प्रतिक्रिया