हिमालयन लाइफको ३४ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन

सोमबार, २९ माघ २०८०, ०९ : २१

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। 

जस अनुसार यस त्रैमासको अवधिसम्म्मा कमपनीले ३४ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको सोहि अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको मुनाफा ८.२४ प्रतिशतले घटेको छ। पुससम्म यस अवधिसम्ममा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। 

गत वर्ष यसले ७ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको भन्दा ८.२९ प्रतिशतले वृद्धि भएको  तथ्यांकमा उल्लेख छ । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने बढेको छ। यसको उक्त आम्दानी २ अर्ब ४६ करोड रुपैयाँबाट बढेर २ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यसको कुल दावी भुक्तानी ३ अर्ब ९ करोड ४५ लाख रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब ६५ करोड थियो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । यसको जीवन बीमाकोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ ६२ पैसा रहेको छ । 

सोमबार, २९ माघ २०८०, ०९ : २१

प्रतिक्रिया