कुमारी बैंकको नयाँ कार्यसमिति चयन

सोमबार, २९ माघ २०८०, १० : ४८

काठमाडौँ- कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा २०८० साल माघ महिना २८ गते आइतबारका दिन काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो ।

उक्त सम्पन्न साधारण सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट श्री अमिर प्रताप जं.ब.राणाज्यू, कर्मचारी संचय कोषका प्रतिनिधि श्री विजय कुमार श्रेष्ठज्यू, श्री पशुपति मुरारकाज्यू तथा सर्वसाधारण शेयरधनी समूहबाट श्री महेश प्रसाद पोखरेलज्यू, श्री राजाराम खड्काज्यू, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट श्री सिम्रन अग्रवालज्यू निर्वाचित हुनुभएको छ। 

सोमबार, २९ माघ २०८०, १० : ४८

प्रतिक्रिया