रिलायबल नेपालको सातौं साधारण सभा सम्पन्न

सोमबार, २९ माघ २०८०, १८ : ११

काठमाडौँ - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज मिति २०८०/१०/२९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लावंश पारित, सो  अनुरुप पूँजी वृद्धि गर्ने र  प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ । 

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट देहाय वमोजिमका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित सञ्चालकहरुः
१. डा. भिष्म कार्की
२. दिवेश लोहनी 
 
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्व ६४ करोड पुरा भएको छ । वार्षिक साधारण सभामा शेयरधनीहरुले  राखेका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले जवाफ दिएका थिए ।

 

                                
 

सोमबार, २९ माघ २०८०, १८ : ११

प्रतिक्रिया