नेपाल टेलिकमको नाफा घट्यो ,अन्य बित्तीय अवस्था कस्तो छ ?

मंगलबार, ०१ फागुन २०८०, ०८ : २९

काठमाडौंः  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

टेलिकमको नाफा गत वर्ष यसै अवधिको तुलनामा भने ७.६० प्रतिशतले ले थोरै हो। गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो। यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो। यसको वित्तीय आम्दानीमा समेत ह्रास आएको छ । 

गत वर्ष यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।अहिले उक्त आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, वित्तीय आम्दानी पनि ३ अर्ब ९५ करोडबाट घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ। 

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ। हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ। टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । 

मंगलबार, ०१ फागुन २०८०, ०८ : २९

प्रतिक्रिया