राष्ट्र बैंकले आजदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउदै

मंगलबार, ०१ फागुन २०८०, ०८ : ३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १ गते अर्थात आजदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ।

राष्ट्र बैंकले हिजो सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने जनाएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता हुँदा राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जरी गरेर बजारबाट पैसा तानिरहेको छ।  तर बैंकहरु निकै सस्तो ब्याजदरमै केन्द्रीय बैंकमा निक्षेप राख्न बाध्य भएका छन्। यो व्यवस्था कार्यान्वयन भएसँगै बैंकहरुले निक्षेप संकलन दरमै राष्ट्र बैंकमा निक्षेप राख्न पाउनेछन् ।

मंगलबार, ०१ फागुन २०८०, ०८ : ३३

प्रतिक्रिया