सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बुक क्लोजको मिति तय

मंगलबार, ०१ फागुन २०८०, १२ : १४

काठमाडौँ- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । 
कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरिएको ११ प्रतिशत नगद लाभांश र साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेको हो ।  

कम्पनीले आगामी फागुन ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।  

कम्पनीको वार्षिक साधारण सभा आगामी फागुन ३० गते आयोजना हुनेछ । उक्त सभाबाट लाभांश अनुमोदन भएपछि सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गरिनेछ । 

मंगलबार, ०१ फागुन २०८०, १२ : १४

प्रतिक्रिया