कुमारी बैंकको अध्यक्षमा राणा नियुक्त

१ हप्ता अगाडि

काठमाडौं- कुमारी बैंकको अध्यक्षमा पुनस् अमिर प्रताप राणा नियुक्त भएका छन् । फागुन १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैंकको साधारण सभाले ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ ।

संस्थापकतर्फबाट ३ र सर्वसाधारण समुहबाट ३ गरी ६ जना सञ्चालकहरु साधारण सभाले निर्वाचित गरेको हो । बैंकले गत माघ २८ गते २३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । त्यसैगरी कर्मचारी सञ्चय कोषका तर्फबाट विजय कुमार श्रेष्ठ र पुशपति मुरारकालाई संस्थापकतर्फको सञ्चालकमा निर्वाचित गरेको हो । जसमा श्रेष्ठ र मुरारका नयाँ सञ्चालकका रुपमा बैंकमा भित्रिएका हुन् । त्यसैगरी सर्वसाधारणतर्फबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सिम्रन अग्रवाल बैंकको सञ्चालक चुनिएका छन् । जसमा पोखरेल पुरानो अनुहार हुन् भने खड्का र अग्रवाल नयाँ अनुहार हुन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया