कुमारी सबल योजनामा आवेदन दिने मिति लम्बियो, अब कहिलेसम्म पाइन्छ ?

बुधबार, ०२ फागुन २०८०, ०८ : ४९

काठमाडौं- कुमारी सबल योजनामा आवेदन दिने समय थप गरिएको छ ।  अब समय थप भएसँगै यस योजनामा फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ।

यसअघि यो फन्डमा पहिलो चरणमा फागसन २ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो। तर, सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिन गएको हो । यता, कुमारी क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ। 

कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ। क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४५ विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो ।  न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

बुधबार, ०२ फागुन २०८०, ०८ : ४९

प्रतिक्रिया