थप एक लघुवित्त लाभांश नदिने सुचिमा

बुधबार, ०२ फागुन २०८०, ११ : ३४

काठमाडौं- एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षबाट सेयरधनीहरुलाई कुनै पनि बोनस सेयर र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यो लघुवित्त २ करोड २४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

बुधबार, ०२ फागुन २०८०, ११ : ३४

प्रतिक्रिया