एक कम्पनीको  ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

शुक्रबार, ०४ फागुन २०८०, ०८ : ०८

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।

आवेदनकर्ताले आज आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । बैंकले फागुन १ गते ऋणपत्र निष्कासन गरेको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरले ४ अर्ब ४ करोड रुपैयाँको ४० लाख ४० हजार इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमा १६ लाख १६ हजार इकाई बैंकले अन्य संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो । जसमा ८० हजार ८०० इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिका लागि ‘१०५ एनआइएमबी डिबेन्चर २०९०’ निष्कासन गरेको हो । यसको वार्षिक १० प्रतिशत ब्याजदर रहेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल रहेको छ ।

शुक्रबार, ०४ फागुन २०८०, ०८ : ०८

प्रतिक्रिया