काठमाडौँ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन्।
यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो । समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख नीरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सैलुनकी सञ्चालक विनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन्।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो । समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया