युनाइटेड अजोड इन्सुरेन्सको एजीएम आज बस्दै के-के छन् एजेण्डा ?

आइतबार, ०६ फागुन २०८०, ०७ : २५

काठमाडौं : युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको लाभांश प्रस्ताव पारित गर्न आज आइतबार फागुन ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ। 

सभा,अनमोल ब्यांकेट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे सुरु हुने भएको छ। सभामा कम्पनीले सेयर धनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । 

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभाले संस्थापक सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयर धनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते बुक क्लोज गरिसकेको छ । माघ २१ गतेसम्म कायम रहेका सेयर धनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

आइतबार, ०६ फागुन २०८०, ०७ : २५

प्रतिक्रिया