भारतमा पनि लन्च भयो द अनब्रेकेबल स्मार्टफोन HONOR X9b

आइतबार, ०६ फागुन २०८०, १० : ३४

काठमाडौँ- नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन। एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै लन्च भएको ज्इल्इच् को स्मार्टफोन मा भने कुरा केहि फरक रहेको छ।   


यहाँ हामी HONOR X9b को बारेमा कुरा गर्दैछौं, जुन हालै नेपालमा लन्च गरिएको छ। नेपालमा भन्दा भारतमा प्रायः स्मार्टफोन पहिले नै लन्च हुने गरेको भएपनि नेपालमा भने करिब एक महिना अगाडि नै लन्च गरिएको हो ।  नेपालमा २१  HONOR X9b को  (१२ं२५६) जीबी को मूल्य रु. ४३,९९९ रहेकोछ। भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा लन्च गरिएको छ जसको मूल्य (८ं२५६) जीबी भेरियन्टका लागि २५,९९९ भारतीय रुपैयाँ तोकिएको छ र नेपालमा रु। ४१,६०० पर्न जान्छ। यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन्।

स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिन्छ  र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउनेछ र नेपालबाट फोन किन्न मानिसहरूलाई प्रोत्साहन मिल्नेछ।
 

आइतबार, ०६ फागुन २०८०, १० : ३४

प्रतिक्रिया