प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सद्धारा साधारण सभा आव्हान

आइतबार, ०६ फागुन २०८०, १२ : ०८

काठमाडौं- प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहितसभा फागुन २७ गते  मुख्य कार्यालय गोदावरी रोड, धनगढी, कैलालीमासाधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

आइतबार, ०६ फागुन २०८०, १२ : ०८

प्रतिक्रिया