लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडल मा  लगानीे  गर्ने

आइतबार, ०६ फागुन २०८०, १३ : ४३

काठमाडौँ- एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको  लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड ले  ९ीक्भ्ँ) पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ ।

उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष श्री राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष श्री किरण मल्लले हस्ताक्षर गर्नुभयो । 

विशिष्टीकृत लगानी कोष नियमावलि २०७५ अन्र्तगत  प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो । ीक्भ्ँ एलएस (लक्ष्मी सनराइज) क्यापिटको पहिलो प्राइभेट  इक्विटी कोष हो। ीक्भ्ँ कोषको आकार रु १ अर्व रहेको छ । ीक्भ्ँ बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष हो । एलएस (लक्ष्मी सनराइज) क्यापिटल मर्चन्ट बैक मध्ये प्राइभेट  इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी  लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ । 
 

आइतबार, ०६ फागुन २०८०, १३ : ४३

प्रतिक्रिया