काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
आज शेयर बजारदेखि बैंक वित्तीय संस्थाहरू सबै बन्द रहने छन् । तर महालक्ष्मी विकास बैंकले भने आज पनि सेवा दिने भएको छ ।
आज प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदाका दिन महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा मार्फत सेवा दिने जनाएको हो ।
प्रतिक्रिया