सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच सम्झौता

सोमबार, ०७ फागुन २०८०, १२ : २२

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंमा रहेको सिटिस्केप थकालीमा छुट पाउने भएका छन् । बैंक र सिटिस्केपबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो । 

समझदारीअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले देशभरमा एक सय ९० शाखा, एक सय ५२ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । 

सोमबार, ०७ फागुन २०८०, १२ : २२

प्रतिक्रिया