सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन नेपालमा सार्वजनिक

२ महिना अगाडि

काठमाडौँ-  सामसङले नेपालमा ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोनले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ए १५ ५ जीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो । यस डिभाइसमा एफडीए प्लस रेजोल्युसन भएको ६दशमलव ५ इन्चको उत्कृष्ट सुपर अमोल्डेड इन्फिनिटी–यु डिस्प्ले छ । जसले जीवन्त दृश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्ने बताइएको छ । ९० एचजेड रिफ्रेस रेटको कारणले यसलाई स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज र प्रतिक्रियात्मक अनुभव हुन्छ ।

कुनै कार्यक्रम, खेल खेल्दा वा इन्टरनेट ब्राउज गर्दा डिस्प्लेले सबै कुरा जीवन्त र स्पष्ट देखिने बताइएको छ । अत्याधुनिक मिडिया टेक डाइमेन्सिटि ६१०० प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित,यसमा उद्भूत पर्फमेन्स र द्रुत ५ जी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ । यो फोनलाई सबै डिजिटल सामग्रीका लागि मल्टिटास्किङ गर्न र पर्याप्त स्टोरेज प्रदान गर्न डिजाइन गरिएको छ ।

यसको अत्याधुनिक क्यामराका विशेषताहरूले गर्दा ए १५ ५जीको क्यामेरा फोटोग्राफीका लागि उत्कृष्ट छ । ६/१२८जीबीको हाइ–इन्ड टेक्नोलोजीसहितको फोनको मूल्य २७ हजार ९९९ रुपैयाँ कायम छ । यस्तै, ८/१२८जीबीको फोनको मूल्य २८ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी संस्करणको मूल्य ३३ हजार ९९९ रुपैयाँ छ । सेवाग्राहीले इन्स्टा फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सक्ने बताइएको छ । यो प्रक्रियाबाट फोन लिँदा शून्य प्रतिशतको ब्याजमा ईएमआई सेवा उपलब्ध छ ।

२ महिना अगाडि

प्रतिक्रिया