काठमाडौँ : लाभांश प्रस्ताव पारित गर्न एसियन लाइफ इन्सुरेन्सले फागुन १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ।
उक्त सभा, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयर धनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ।
साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आज मङ्गलवार फागुन ८ गते बुक क्लोज गरेको छ ।,फागुन ८ भन्दा अघिसम्म कायम शेयर धनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया