नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा ,आज बोलकबोल गरिँदै

मंगलबार, ०८ फागुन २०८०, ०७ : ५९

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
  
कम्पनीले आज (फागुन ८ गते)  देखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि नेपाल पुनर्बीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।  

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

मंगलबार, ०८ फागुन २०८०, ०७ : ५९

प्रतिक्रिया