गार्डियन माइक्रो लाइफको एजीएम सम्पन्न, स्वतन्त्र बिज्ञ संचालकमा प्रमोद भट्टराई नियुक्त

मंगलबार, ०८ फागुन २०८०, १० : ०२

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

उक्त सभाले गत आर्थिक वर्ष २०७९.८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान लगायतका वित्तीय विवरण अनुमोदन गरेको छ ।

त्यसैगरी, कम्पनीको सभाले सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्त्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

त्यस्तै, आगामी चार वर्षे कार्यकालको लागि संस्थापक शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा।जय प्रकाश जैसवाल, उदय नारायण भट्टराई, सि.ए. त्रिशिला झुनझुनवाला र स्वतन्त्र बिज्ञ संचालकमा प्रमोद प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।
 

मंगलबार, ०८ फागुन २०८०, १० : ०२

प्रतिक्रिया