अब नेपालीले सजिलै भारतीय सिमकार्ड पाउने

२ महिना अगाडि

काठमाडौं- नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउने भएका छन् ।

भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले सामाजिक सञ्जालमार्फत् अबदेखि अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाउने जनाएका छन् ।

उनले नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको बताएका छन् । यसअघि भारतले प्राविधिक कारण भन्दै नेपाली नागरिकहरुलाई सिमकार्ड दिन रोक लगाएको थियो ।

लामो समयदेखि काम गरिरहेका र आधार कार्ड भएका नेपालीलाई भने सिम उपलब्ध गराइन्थ्यो । घुम्न वा काम विशेष कामले जानेहरुले भने चिनजानका माध्यमबाट भारतीय सिम मागेर चलाउनुपर्ने बाध्यता थियो ।

२ महिना अगाडि

प्रतिक्रिया