नेपाल एसबिआई बैंकको वृक्षारोपण कार्यक्रम सम्पन्न

मंगलबार, ०८ फागुन २०८०, १५ : ५७

काठमाडौँ - भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र SARG),  आलोक कुमार चौधरीले ५ फाल्गुण २०८१ देखि ४ दिने नेपाल भ्रमण गर्नुभएको थियो ।उहाँको भ्रमणका क्रममा नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो ।

सो अवसरमा  आलोक कुमार चौधरीद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको  शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार  छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको छ ।

यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

मंगलबार, ०८ फागुन २०८०, १५ : ५७

प्रतिक्रिया