नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसरमा वृक्षरोपण सम्पन्न

बुधबार, ०९ फागुन २०८०, ०८ : ३४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ।

भारतीय स्टेट बैंकका प्रबन्ध संचालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका क्रममा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको थियो । चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षरोपण शुभारम्भ गरेका थिए।

उक्त वृक्षरोपण कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याललगायत बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

बुधबार, ०९ फागुन २०८०, ०८ : ३४

प्रतिक्रिया