सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त एक आपसमा गाभिदैँ

बुधबार, ०९ फागुन २०८०, १६ : ०८

काठमाडौं- सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि स्वीकृती प्राप्त गरेका छन् । यी दुवै लघुवित्तले मर्जर प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृती प्राप्त गरेका हुन् ।

दुई संस्थाले गत माघ २४ गते मर्जरको अन्तिम स्वीकृतीका लागि धितोपत्र बोर्डसमक्ष संयुक्त आवेदन दिएका थिए । धितोपत्र बोर्डले एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा ४ बमोजिम अन्तिम स्वीकृती प्रदान गरिएको जनाएको छ ।

यस्तै सामुदायिक लघुवित्तमा बिपिडब्लु लघुवित्त गाभ्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन ८ गते स्वीकृती प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले भने गत माघ १० गते मर्जरका लागि स्वीकृती दिएको थियो ।
सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जान लागेको हो ।

बुधबार, ०९ फागुन २०८०, १६ : ०८

प्रतिक्रिया