छुट्ला है ! यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विहीबार, १० फागुन २०८०, ०७ : ३५

काठमाडौँ : आज बिहीबार फागुन १० गतेका दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले साधारण सभा प्रयोजनको लागि शुक्रवार फागुन ११ गते बुक क्लोज गर्ने भएको छ। स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ । फागुन ११ र १२ गते शुक्रवार र शनिवार परेकाले सेयर कारोबार हुँदैन । तसर्थ यी दुई कम्पनीको लाभांश हात पार्न आजै सेयर धनी बन्नुपर्छ ।

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । यस कम्पनीले लाभांश पारित गर्न फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । 

सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । 

विहीबार, १० फागुन २०८०, ०७ : ३५

प्रतिक्रिया