फागुन ११ गते वार्षिक साधारण सभा बस्दै नेरुडे लघुवित्त, के- के छन् एजेण्डा ?

काठमाडौँ - नेरुडे लघुवित्त वित्तीय संस्थाको भोलि शुक्रवार फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ। 

कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ। हाल नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबिचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

तसर्थ, मर्जरपछि पुनः निर्वाचन नभएसम्म हालकै सचालक समितिलाई निरन्तरता दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पनि सभामा पेश हुनेछ । 

कम्पनीले यस अघि नै लाभांश वितरण नगर्ने घोषणा गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन। सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि माघ २४ गते बुक क्लोज भइसकेको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहेका शेयर धनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

८ महिना अगाडि

प्रतिक्रिया