प्रभु इन्स्योरेन्समा विभिन्न पदका लागि रोजगारको अवसर, शैक्षिक योग्यता कति ?

विहीबार, १० फागुन २०८०, ०९ : ३६

काठमाडौँ। प्रभु इन्स्योरेन्स लिमिटेडमा रोजगारको अवसर खुलेको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको छ ।

 सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास गरेको र अफिसरका लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।

उमेरको हदमा भने ३५ वर्ष नकटेको हुनुपर्नेछ। तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।

prabhu job

विहीबार, १० फागुन २०८०, ०९ : ३६

प्रतिक्रिया