प्रभु इन्स्योरेन्समा कर्मचारी माग

२ महिना अगाडि

काठमाडौँ- प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय र शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सिजियर अफिसररअसिस्टेन्ट म्यानेजर र अफिसररसिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । 
 
सिजियर अफिसररअसिस्टेन्ट म्यानेजर पदका लागि प्रतिष्ठीत संस्थाबाट चाटर्ड अकाउन्टेन्ट उत्तिण गरेका हुनुपर्ने र कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।  

त्यस्तै अफिसररसिनियर अफिसर पदका लागि कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने र बीमासँग सम्बन्धीत क्षेत्रमा मार्केटिङ अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ ।  

दुवै पदका लागि आवेदकको उमेर ३५ वर्ष पुरा नभएको हुनुपर्नेछ । इच्छुक र योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।  

 

२ महिना अगाडि

प्रतिक्रिया