हिमालयन लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क शतप्रतिशत छुट पाइने

आइतबार, १३ फागुन २०८०, ०९ : १९

काठमाडौँ- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कलाई शतप्रतिशत छुट दिने भएको छ ।

साबिकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट बीमा गराई व्यतीत भएका बीमालेख आज ९फागुन १३ गते० देखि २७ गतेसम्म नवीकरण गरेको खण्डमा विलम्ब शुल्कमा छुट दिने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

तीन वर्षसम्म व्यतीत बीमालेखमा १०० प्रतिशत, तीन वर्ष माथिदेखि पाँच वर्षसम्म ५० प्रतिशत, पाँच वर्षदेखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि जति सुकै अवधिको व्यतीत बीमालेखमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीको जानकारी छ । साथै, यस प्रकारको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइने कम्पनीको भनाई छ । 

आइतबार, १३ फागुन २०८०, ०९ : १९

प्रतिक्रिया