कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम मौका

आइतबार, १३ फागुन २०८०, ०९ : ३४

काठमाडौं - कुमारी क्यापिटल लिमिटेडले माघ निष्काशनमा ल्याएको कुमारी सबल योजनाको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

२८ गतेदेखि निष्कासन गरेको कुमारी सबल योजनाको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। 

निष्काशन गरिएको कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ। 

क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो। उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

आइतबार, १३ फागुन २०८०, ०९ : ३४

प्रतिक्रिया