सन नेपालले गर्‍यो लाभांश वितरण घोषणा, हकप्रद निष्कासन कहिले ?

आइतबार, १३ फागुन २०८०, १० : ०१

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

त्यस्तै इन्स्योरेन्सले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने समेत घोषणा गरेको छ। फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद शेयर निष्काशन गरिनेछ।


 

आइतबार, १३ फागुन २०८०, १० : ०१

प्रतिक्रिया