सन नेपाल लाइफको सचिवमा पौडेल नियुक्त

आइतबार, १३ फागुन २०८०, १० : ३८

काठमाडौँ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बिनोद शर्मा पौडेल नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।  

पौडेल कम्पनीको प्रमुख सञ्चालक अधिकृतका रुपमा कार्यरत छन् ।  

यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले यस अघिका कम्पनी सचिव विवेक खरेलले फागुन १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको छ । 

आइतबार, १३ फागुन २०८०, १० : ३८

प्रतिक्रिया