राष्ट्र बैंकको ‘नीतिगत भ्रष्टाचार’ विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सोमबार, १४ फागुन २०८०, ०८ : ०६

काठमाडौँ। ‘नीतिगत भ्रष्टाचार’ गरी नेपाल राष्ट्र बैकको सवारी निजी बनाउने गरी  दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैर कानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदनबारे आज सोमबार सुनुवाइ हुँदै छ।

अर्थ मन्त्रालय,नेपाल राष्ट्र बैंक सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकहरूलाई विपक्षी बनाइएको निवेदन पत्रमा माग गरे बमोजिम अन्तरिम आदेश जारी गर्ने या नगर्ने भन्ने भन्ने निष्कर्षमा पुग्न फागुन १४ गते निवेदक र विपक्षीलाई अदालतले झिकाएको छ ।

अधिवक्ता कुमार मगर र कार्कीले संयुक्त रूपमा दर्ता गरेको निवेदनमा गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई नेपाल राष्ट्र बैंक ऐन र खरिद ऐन विपरीत सवारी साधनको सुविधा दिने गरी कार्यान्वयनमा ल्याइएको कार्यविधि खारेज गर्न माग गरिएको छ ।
 

सोमबार, १४ फागुन २०८०, ०८ : ०६

प्रतिक्रिया