काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने जनाएको छ।
कम्पनीले तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले अभिकर्ता तालिम संचालन गर्न लागिएको जानकारी दिएको छ।
तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ, काठमाडौंदेखि भर्चुअल माध्यमबाट विहान साढे ९ बजेदेखि ५ बजेसम्म संचालन हुनेछ । अभिकर्ता भएर काम गर्न बीमा इजाजतपत्र लिन पर्ने भएकाले कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा संचालन गर्ने बताएको छ ।
यसका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्य नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया