७ महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीको २२ अर्ब बढी बिमा शुल्क आर्जन , कुनको कति

बुधबार, १६ फागुन २०८०, ०७ : ५१

काठमाडौँ : नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक सार्वजनिक गरेको जस अनुसार निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा करिब साढे २२ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक अनुसार ३ वटा लघु बिमासहित १७ वटा निर्जीवन बिमा कम्पनीहरूले कुल २२ अर्ब ४६ करोड २८ लाख ४९ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। कुल बिमा शुल्कमध्ये ३ वटा लघु निर्जीवन बिमा कम्पनीको हिस्सा ७ करोड ५ लाख ६३ हजार रुपैयाँ मात्र रहेको छ ।

 माघ मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरूको जारी बिमा लेख संख्या १७ लाख २ हजार ९८७ रहेको छ। ७ महिनाको अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि,कारोबारको आधारमा सगरमाथा लुम्बिनी इन्सुरेन्सले २ अर्ब ६७ करोड २१ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । 

यस्तै गरी , सिद्धार्थ प्रिमियर इन्सुरेन्सले पनि २ अर्ब २६ करोड माथि बिमा शुल्क संकलन गरेको छ । नेको, हिमालयन एभरेष्ट, एनएलजी, सानिमा जीआइसी, आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र प्रभु इन्सुरेन्सले पनि १ अर्ब माथि बिमा शुल्क संकलन गरेका छन् । 

 कूल बीमाशुल्क रकम (रू.लाखमा)
क्र.सं.  बीमा कम्पनी २०८० माघ मसान्तसम्म  २०७९ माघ  मसान्तसम्म वृद्दि/ह्रास
1 National Insurance 6,944.89 5,822.09 19.29
2 Prabhu Insurance 10,849.14 9,259.11 17.17
3 Sanima GIC Insurance Company 13,492.29 11,973.74 12.68
4 The Oriental Insurance 9,370.57 8,406.87 11.46
5 Himalayan Everest Insurance 18,687.90 16,981.12 10.05
6 IGI Prudential Insurance 19,395.38 18,151.65 6.85
7 Neco Insurance 18,741.57 17,561.29 6.72
8 NLG Insurance 14,360.22 14,028.59 2.36
9 Nepal Insurance 8,737.24 8,898.02 -1.81
10 Shikhar Insurance 28,956.56 29,803.32 -2.84
11 Sagarmatha Lumbini Insurance 26,721.40 28,093.17 -4.88
12 United Ajod Insurance 15,232.31 17,653.67 -13.72
13 Siddhartha Premier Insurance 22,699.14 27,014.28 -15.97
14 Rastriya Beema Company Limited 9,734.28 16,982.93 -42.68
Total 223,922.89 230,629.85 -2.91
बुधबार, १६ फागुन २०८०, ०७ : ५१

प्रतिक्रिया