भिभो भि३० रिलिज हुने तयारीमा

१ महिना अगाडि

काठमाडौँ- भिभोले रिलिज गर्न लागेको भिभो भि३० ले ग्राउन्डब्रेकिंग टेक्नोलोजीको साथ प्रयोगकर्तालाई फेरी पनि आकर्षित पार्ने भएको छ ।

यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको छ । भिभोको स्लीक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राख्दै यो रिलिजसँगै भिभोले प्रयोगकर्ताको क्षणहरू कैद गर्न मात्र नभई ती क्षणहरुलाई जिवनभरका लागि जिवन्त राख्ने लक्ष्य राखेको छ । 
भिभो भि३० ले भि सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ । यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो ।

 भि३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ । साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ ।
नयाँ प्रविधिको साथमा भिभोले प्रयोगकर्ताहरूको आवश्यकताहरू पुरा गर्दै गएको छ । भिभो प्रयोगकर्ताहरूमाझ चर्चित औरा लाइटको साथमा भिभोले उक्त प्रतिबद्धतालाई जारी राखेको छ । भि३०मा रहेको औरा लाइटले सामान्य फ्ल्यास भन्दा ठूलो र नरम फिल लाइट प्रदान गर्नेछ । साथमा यसको पुरानो भरजनको तुलनामा राम्रो कलर टेम्प्रेचर प्रदान गर्नेछ । भि३०मा रहेको डिस्टान्स सेन्सिटिभ लाइटिङले क्यामेराबाट सब्जेक्टको दूरी अनुसार बुद्धिमानी रूपमा लाइटलाई समायोजन गर्दछ । अपग्रेड गरिएको औरा लाइट पोर्टे«ट फिचरले आकर्षक पोर्टे«टहरु प्रदान गर्नेछ । 

पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ । यही मागलार्ई सम्बोधन गर्दै भि३०ले वाइड–एंगल क्यामेरालाई अपग्रेड गरेको छ । भि३०मा रहेको ५० एमपी एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचरले परिवार र साथीसँगको सुन्दर सम्झनाहरू जीवन्त रूपमा खिच्न मद्दत गर्नेछ । 
प्रभावशाली क्यामेरा बाहेक भि३० मा आकर्षक ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ । साथमा यसको ठूलो ब्याट्री क्षमताले प्रयोगकर्तालाई जीवनका सबै क्षणहरू कैद गर्ने क्षमता प्रदान गर्नेछ । भि३० फोन मात्र नभई दैनिक  जिवनको भरपर्दो साथी बन्नेछ ।

भिभो भि३० ले आधिकारिक लन्च हुनुअगावै नै ग्राहकमाझ निकै उत्साह पैदा गरिसकेको छ । भि३० ले फ्ल्यागशिप भि सिरिजमा उत्कृष्ट एडिसन भई स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ । 


 

१ महिना अगाडि

प्रतिक्रिया