एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै

१ महिना अगाडि

काठमाडौं- एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषणा गरेको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको छ । यो कार्यक्रम देशभर रहेका ५०,००० हजार बढि खुद्रा बिक्रेताहरूलाई लक्षित रहेको छ । कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन् । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन् ।

खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एप मार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन् ।
कार्यक्रम अन्तर्गत, राम्रो कार्य गर्ने १,००० भन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछ । खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै, यो कार्यक्रम एनसेलले सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित छ ।

कार्यक्रममा ५०० भन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् र प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरुलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरु प्रदान गरिन्छ ।
एनसेल आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्दछ र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न समर्पित छ । हाल संचालनमा रहेको रिटेल इन्गेजमेन्ट प्रोग्राम र अरु कार्यक्रमहरुका साथ, एनसेल आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ ।

ग्राहकको सेवा अनुभवलाई थप सुधार गर्न एनसेलले नेटवर्कमा निरन्तर लगानी गरिरहेको छ र ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न आकर्षक अफरहरू ल्याइरहेको छ । उदाहरणका लागि, एनसेलले हालैमात्र कर सहित रु. १५० देखि सुरु हुने तीनवटा डबल मजा प्याक ल्याएको छ । यस प्याक अन्तर्गत प्याकको समयसीमा समाप्त हुनु अघि ग्राहकहरूले फेरी सोही प्याक खरिद गरेमा प्रत्येक पटकको पुनः खरिदमा बोनस स्वरुप डबल डेटाको लाभ लिन सकिन्छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया