सार्वजनिक हुनु अघि नै भिभो भी३० इन्दिरा जोशीको हातमा

२ महिना अगाडि

काठमाडौँ - होटल सोल्टीमा यही फेब्रिअरी २९ तारिखमा आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की लोकप्रिय जज इन्दिरा जोशीले रिलिज हुनै बाकीँ नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएको छ । यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरुको खुलास भइसकेको छैन यद्यपी यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरु र डिजाइन हुने अनुमान गरिरहेका छन् ।

नयाँ स्मार्टफोनको झलक र कम्पनीको गाँय्गुइँबाट स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउँदै क्यामेरा एडभान्समेन्टमा पनि विशेष गरी पोट्र्रेट क्षमतामा बलियो फोकस रहेको दर्शाउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउँने अपेक्षा गरिएको छ ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३० क्लासिक “नोबल ब्ल्याक” रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा, भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ र यो एक स्लिम फोन हुनुको साथै सहज प्रयोगकर्ता अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मूद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।यो संगै, भिभो भी३० स्मार्टफोनको लन्चको लागी प्रयोगकर्ताहरुमाझँ उत्साह बढेको छ । सुन्दरता, उन्नत क्यामेरा सुविधाहरू, र उत्कृष्ट कार्यसम्पादनको प्रतिज्ञा गर्दै भिभोले स्मार्टफोन क्षेत्रमा एक पटक फेरि तरंगहरू ल्याउन तयारी गरिरहेको छ ।
 

२ महिना अगाडि

प्रतिक्रिया