काठमाडौँ - सरकार र मिटरब्याजपीडितबीच चौथो पटकको वार्ता सकारात्मक लयमा रहेको मिटरब्याजपीडितको भनाई छ । पीडित समूहका वार्ता टोलीका संयोजक अवधेश कुशवाहका अनुसार शुक्रवार साँझ भएको वार्ता सकारात्मक रहेको र आज शनिवार पुनः छलफल गर्ने समझदारी बनेको छ ।
मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताउँदै शनिवार बिहान हुने वार्ताले नयाँ सन्देश दिन सक्ने बताएका छन् । अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास रहेको संयोजक नवीनको भनाई छ ।
सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । ‘समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,’ कुशवाहले भने ।
अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया