फेब्रुअरीभित्र कोरियाबाट मात्रै ३ हजार ८१२ जना पर्यटक नेपाल भित्रिए, अन्य देशबाट कति

१ महिना अगाडि

काठमाडौं - नेपालमा विदेशी पर्यटकको आगमनको सख्या उल्लेखनियमात्राममा बढेको छ । अर्थतन्त्रको मूल हिस्साको रूपमा रहेको पर्यटन व्यवसायमा सफलता थपिन थालेको छ । 

सन् २०२४ को फेब्रुअरीसम्ममा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा ३३ प्रतिशतले बढी हो । यसअघि सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक भित्रिएका थिए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को दोस्रो महिना अर्थात् फेब्रुअरीमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको तथ्याङ्क अनुसार फेब्रुअरीमा महिनामा सबैभन्दा बढी भारतबाट २५ हजार ५७८ पर्यटक नेपाल आएका छन् ।

त्यस्तैगरि नेपालमा आउने पर्यटकको सङ्ख्याको आधारमा ९ हजार १८० सहित , चीन दोस्रो देशको रूपमा रहेको छ,अमेरिकाबाट ९ हजार ८९, थाइल्यान्डबाट ४ हजार ७९९ र दक्षिण कोरियाबाट ३ हजार ८१२ जना पर्यटक नेपाल आएका छन् । २०२४ को जनवरीमा भने ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया