आज तीन कम्पनीको साधारण सभा हुँदै ,कुन कुनले दिँदै छन् लाभांश ?

१ महिना अगाडि

काठमाडौंः फागुन २० गते आइतबारका दिन तीन कम्पनीले आफ्ना वार्षिक साधारण सभा डाकेका छन्। 

हिमालयन रिइन्सुरेन्स, स्वाभिमान लघुवित्त र आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले आज साधारण सभा डाकेको हो । हुन्। यी मध्ये हिमालयन रिइन्सुरेन्सले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ भने स्वाभिमान लघुवित्त र आइजीआई प्रुडेन्सियलले लाभांश प्रस्ताव बिना नै साधारण सभा डाकेका छन् । 

हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयर धनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समावेश गरेको छ। 

त्यसैगरी, बोनस सेयर वितरणपश्चात् कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ६ गतेसम्म कायम रहेका शेयर धनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

त्यसैगरी स्वाभिमान लघुवित्तको साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय तिलोत्तमा ५ रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साधारण सभामा लाभांश विरणसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन। सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १० गतेसम्म कायम शेयर धनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्। आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको साधारण सभा लैनचौर ब्यांकेट, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ। साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । यस इन्सुरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभाले संस्थापक समूहबाट ४ जना ९१ जना महिलासहित० र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरिसकेको छ । 

१ महिना अगाडि

प्रतिक्रिया